१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनलोकपाल आयोगका अध्यक्षमा यादव नियुक्त


0
Shares

काठमाडौं, भदौ २४ । प्रदेश २ को सरकारबाट गठित जनलोकपाल आयोगमा अध्यक्ष र दुई सदस्य नियुक्त भएका छन् ।

अध्यक्षमा रौतहटका कानून व्यवसायी रामसहाय प्रसाद यादव तथा सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी आयोग गठन गर्नु भएको हो ।

राउतले प्रदेश नम्बर २ को सरकारको सत्ता साझेदार काँग्रेस र नेकपा माओवादी केन्द्रलाई आयोगमा समावेश गर्नु भएको छैन । तर नेकपा एकीकृत समाजवादीलाई भने आयोगमा भाग दिनु भएको छ ।