१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँको निष्कर्ष


0
Shares

काठमाडौं, भदौ २४ । दैलेखमा ग्यास र पेट्रोल उत्पादन सम्भव भएको चिनियाँ प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि गरिएको सेस्मिक सर्भेको प्रतिवेदन चिनियाँ टोलीले खानी तथा भूगर्भ विभागलाई बुझाएको छ । प्रतिवेदनका आधारमा उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको छ । अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे गरेपछि उत्खनन् थालिने बताइएको छ ।

२०७६ असोजदेखि दैलेखका विभिन्न ठाउँमा अन्वेषणको काम सुरु गरिएको थियो । श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङ सम्पन्न भएको छ ।

करिब १० वर्षअघि दैलेखमा बलेको ग्यासलाई आधार मानी नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भनी केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए । तर, अन्वेषण सम्पन्न हुन सकेको थिएन । सरकारले पछिल्लो पटक चीनसँग अन्वेषणका लागि सम्झौता गरेको थियो ।