
काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो ।
नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो ।
कारोबार सुरु भएसंगै उकालो लागेर नेप्से २९ सय माथि पुगेपनि बृद्धि धेरै बेर टिक्न सकेन । यस दिन ४ वटा समूह हरियो रहे बाहेक अरु समूह रातो रहे ।
जीवन बीमा र जलविद्युत समूहमा दोहोरो अंकको बृद्धि र लगानी र व्यापार समूह हरियो रहे बाहेक अरु समूह ओरालो लागेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको १ करोड ४४ लाख कित्ता शेयर ७ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्