
काठमाडौं, भदौ २४ । निरन्तर बुलिस ट्रेण्डमा रहँदै उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको शेयर बजार पछिल्ला दिन ओरालो लाग्दै आएको छ ।
बजारमा करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ । बजार निरन्तर घट्ने वा बढ्ने मात्र नभइ उतार चडाव आउँदा परिपक्क हुने विश्लेषक बताउँछन् । तर यतिखेर शेयर बजारको गिरावटलाई मौद्रिक नीतिसंग जोडेर लगानीकर्ता राष्ट्र बैंक घेराउसम्म गर्न पुगे ।
मार्जिन लेण्डिङमा लगाइएको एकाघर सीमालाई लिएर केन्द्रीय बैंकको आलोचना भएको हो । तर विश्लेषक केशव कोइराला भने बजारको सुन्दरता नै केहि समयको उचाई पछि करेक्सन हो भन्ने बुझ्नुपर्ने बताउनुहुन्छ । विश्वकै बजारमा सामान्य चलखेल हुने गरेको भएपनि नेपालमा भने पुँजीबजारनै सिमित व्यक्तिको हातमा हुँदा अलि बढीनै चलखेलको सम्भावना भने रहने र यसले साना लगानीकर्ता जहिले पनि मारमा पर्ने गर्ने गरेको विश्लेषण कोइरालाको छ ।
माहामारीका कारण लगानीका अन्य क्षेत्रमा संकुचन आएसँगै उकालो लाग्न थालेको बजार अहिले साइड वेजमा रहेको र यो केहि समय रहदा बजारमा प्रवेश गरेको बाहिरी झुण्डलाई बढार्न सहयोग पुग्ने पनि उहाँको भनाइ छ । धितोपत्र बोर्डले राष्ट्र बैकसँगको सहकार्यमा उचित र बजार मैत्रि नियम ल्याएर शेयर बजारलाई अनुशासित बनाउन सक्ने बार्डका पूर्व अध्यक्ष रहिसक्नुभएका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल बताउनु हुन्छ ।
दिन प्रतिदिन बढ्दो आकारमा रहेको पूँजीबजारको विकास र नियमनका लागि नियामक निकाय सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्