९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अफगानिस्तानमा भूकम्प : भारत र पाकिस्तानमा धक्का महशूस


0
Shares

काठमाडौं, पुस ४ । अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अफगानिस्तानको हिन्दकुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पको धक्का पाकिस्तान र उत्तरी भारतमा समेत महशूस गरिएको छ ।

नेपाली समय अनुसार साँझ ५ बजेर २५ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबाट पाकिस्तानको राजधानी ईस्लामावादमा भागदौड हुँँदा मानिस किचिएकाे समाचारमा जनाइएको छ ।

यस्तै भारतीय राजधानी दिल्ली, कश्मिर तथा उत्तर भारतीय शहरहरुमा पनि भूकम्पको ठूलै धक्का महशूस गरिएको थियो ।

अफगान राजधानी काबुलदेखि २४५ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दू रहेको जनाइएको छ । एजेन्सी