
काठमाडौं, पुस ४ । लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था विभागमा आज (शुक्रबार) पनि छलफल भएको छ ।
समितिको बैठकमा लोकसेवा आयोगलाई विश्वसनीय र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने विषयमा विधेयकका विभिन्न प्रावधानमाथि छलफल भएको हो ।
छलफलका क्रममा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने धारणा राखे ।
विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ भन्ने उल्लेख रहेकाले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।
समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्