
काठमाडौं, भदौ २५ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो मैत्रीपुर्ण एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।
पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । डे नाइटअन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघिको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।
नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग मैत्रीपुर्ण खेल खेलिरहेको हो ।
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्