१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको अवराेधकाबीच राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश पेश


0
Shares

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ ।

शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री खाँणले सो अध्यादेश पेश गर्नु भएको हो ।

त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र संविधानसभाका अर्का सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराउनु भएको थियो ।

उहाँले लोकतन्त्रलाई मास्ने, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर गरेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको जिकिर गर्नुभयो । एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दैै आएको छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।