
काठमाडौं, भदौ २७ । बजेट प्रतिस्थापन विधेयकलाई पूँजी बजारले स्वागत गरेको छ ।
पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार उछाल आएको हो ।
सरकारले शुक्रबार ल्याएको बजेटमा पूँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने प्रतिवद्धता जनाएको थियो ।
आइतबार कारोबार सुरु भएदेखि उकालो लागेको बजार २ बजेसम्म ५८ अंकले उकालो लागेर २९ सय ३४ पुगिसकेको छ । यस अवधिमै कारोबार ६ अर्ब नाघेको छ ।
यस दिन अधिकांशजसो समूहमा हरियाली छाएको छ । विकास बैंक, बीमा, उत्पादनमूलक समूहमा आकर्षण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्