३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नक्कली बम राखेर आतंक फैलाउने तीनजना पक्राउ


0
Shares

काठमाडौं, भदौ २७ । नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका काठमाडौं फुटुङ्गका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा कुतेलीका अम्मर बहादुर रोका मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

उनीहरुले फिरौति अशुल्ने प्रयोजनका लागि आतंक फैलाएको पाइएको महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिहले बताउनुभयो ।

यही भदौ २४ गते राजधानीको बानेश्वर मैतिदेबी सडक खण्डमा रहेको आँखा उपचार केन्द्रको तेश्रो तल्लाको शौचालयमा उनीहरुले शंकास्पद बस्तु राखेको बताइएको छ । सहकारीबाट लिएको १७ लाख रुपैया तिर्ने पैसा जुटाउन यस्तो कार्य गरेको अभियुक्तहरुले प्रहरीलाई बयान दिएको बताइएको छ ।

यसैगरी लैनचौर महानगरीय प्रहरी बृतले लागुऔषध अफिम २ केजि २ सय २४ ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । पुर्वी रुकुम रुकुमकोट गाउपालिकाकी धनमाया पुन, रुपन्देही तिलोतमा नगरपालिका ९ का रुद्र राना र जोतन पुनलाई पक्राउ गरिएको बृतका प्रमुख दुर्गाप्रसाद दाहालले जानकारी दिनुभएको छ ।