
पर्वत, भदौ २८ । पर्वतमा बलात्कारको आरोपमा एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
पर्वतको पैयुँ गाउँपालिकाका किशोरमाथि ३८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्