७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वैकल्पिक सडक निर्माण गरिदैै


0
Shares

हेटौंडा, पुस ६ । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलदेखि राप्तीपुलसम्म २।३ किलोमिटर लामो वैकल्पिक (बाइपास) सडक निर्माण शुरु भइरहेको छ ।

हेटौंडाको सडक राप्तीरोड, समिलरोड, मेनरोड, स्कुलरोड, कान्तिराजपथमा सवारीसाधनको बढ्दो चाप र ठूला सवारीसाधन बस, ट्रक , टयाक्टर, टिपरका कारण दुर्घटनाको जोखिम बढेको, धुलो धुँवा र ध्वनि प्रदूषणबाट मानव स्वास्थ्यमा खराब असर परेकाले वैकल्पिक सडकको अत्यावश्यकतालाई मनन गरी सो सडक निर्माण शुरु गरिएको हो ।

प्रदेश नं– ३ सरकारको रु १३ करोड ८४ लाख बजेटमा पूर्वाधार विकास कार्यालय चितवनले सो वैकल्पिक सडक निर्माण मङ्सिरदेखि शुरु गरेको र दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

राप्ती नदीको तिरैतिर ग्याबिन पर्खाल लगाएर नदीको सतहबाट पाँच मिटर अग्लो ८।५ मिटर चौडाइको सडक निर्माण गरिनेछ ।

सो सडक निर्माण भएपछि हेटौँडाको चौकिटोलका घर तथा राप्तीरोडस्थित अस्पताल बर्खामा राप्ती नदीको बाढीबाट कटानबाट जोगिने छन् ।

निर्माणाधीन सडकको वडा न–ं १ का वडाध्यक्ष एवं सो सडक निर्माण सरोकार समितिका संयोजक सविन न्यौपानेले राप्ती नदीको कटानबाट बस्ती जोगाउन, अस्पताल जोगाउन, नगरको मुख्य सडकको जाम र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न वैकल्पिक सडक निर्माण शुरु गरिएको जानकारी दिए । रासस