
काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ हजार ५३९ वटा नमुनाको परीक्षण गर्दा १४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ सय ६० संक्रमणमुक्त भएका छन् ।
देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्