८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने


0
Shares

काठमाडौं, भदौ २८ । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको छ ।

प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको बैठकपछि प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।