
बैतडी, भदौ २८ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत बैतडीमा सोमबार एक सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ ।
उद्धार गरिनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–४ ढाणकी २० वर्षीया मञ्जु कार्की रहेकी बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
बच्चा जन्मिएर सालनाल ननिस्केपछि रक्तश्राप हुन थालेपछि मञ्ज्ुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हाडाकोट स्वास्थ्य चौकीमा सुत्केरी भएकी मञ्जुको स्वास्थ्य अवस्था जटिल बन्दै जान थालेपछि थप उपचारका लागि सोमबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरी धनगढी रेफर गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य चौकीबाट यातायाता सेवा भएको ठाउँ पुग्ने सात घण्टा लाग्ने र त्यतीबेलासम्म सुत्केरीको ज्यान खतरामा पर्ने भएकोले तत्काल सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
मञ्जुले जन्माएको नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्