२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सभामुखप्रति आशंका छ : सुभाष नेम्वाङ


0
Shares

काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको छ ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उहाँले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताउनुभयो ।

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उहाँले बताउनुभयो ।

उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।