२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या


0
Shares

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बालबालिकाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।

झुण्डिएर ९ जनाले आत्महत्या गरेका छन् भने ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालिका १० जना र बालक २ जना छन् ।

यस्तै जिल्लामा २० जना बालबालिकामाथी बलात्कार भएको छ । एक वर्षको अबधिमा ३ जनाले बाल बिवाह गरेका छन् । पछिल्लो समय बालबालिकामाथी हुने अपराधका घटना बढ्दै गएपछि न्युनीकरणबारे जिल्ला बाल संगठन काभ्रेले सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी प्रमुख भुपेन्द्र खत्री, जिल्ला बाल संगठनका अध्यक्ष बिदुर हुमाँगाई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, जिल्ला बाल सन्जालका अध्यक्ष सुवोध धिमाल लगायत विभिन्न स्थानीय तहका बालबालिकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले बालबालिकाको अवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बालबालिका माथी हुने अपराधका घटना न्युनीकरणका लागि समयमा नै उपयुक्त कदम चाल्न सरोकारवालाले जोड दिएका छन् ।