
काठमाडौं, भदौ २९ । केही दिन सम्हालिएको शेयर बजाारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।
यसदिन कारोबार पनि ५ अर्बमा खुम्चियो । उतारचढाव बिच बजार परिसुचक नेप्से १८ अंकले ओरालो लागेर २९ सय २९ मा आई थामियो ।
यसदिन कारोबार भएका सबै समुहमा गिरावट आएसँगै नेप्से पनि ओरालो लागेको हो । यसदिन निर्जिवन बिमा समुह सबैभन्दा उच्च २ सय ७७ अंकले गिरावट आउँदा जीवन बिमा समुह १ सय ४४ अंकले ओरालो लाग्यो ।
वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहमा दोहोरो अंकको गिरावट आयो । यसदिन ४९ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३१ कम्पनीको शेयर मुल्य घट्यो । यसदिन २ सय २२ कम्पनीको १ करोड ६३ लाख कित्ता शेयर ५ अर्ब १९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्