२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण


0
Shares

बैतडी, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ ।

मंगलबार यहाँ थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा संक्रमण देखिएको थियो ।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २२ जनाको नमुना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

७० जनामध्ये ४१ जनामा पीसीआर र २९ जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर बिधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६,जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच÷पाँच ,महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ,कैलाली बाजुरा र बझाङका एक÷एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन्,भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।