८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


उपत्यका प्रहरी प्रमुखमा बिश्वराज पोखरेल


0
Shares

काठमाडौं, पुस ७ । महानगरिय प्रहरी कार्यालय रानिपोखरीका प्रमुखमा प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेललाई पठाएको छ ।

बुधबार गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक को सरुवा गरेको हो । गृह मन्त्रालयले पहिलाका उपत्यका प्रमुख शैलेस थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा केन्द्रीय प्रबक्ताको जिम्मेवारी दिएको छ ।

उपत्यका प्रमुखको जिम्मेवारी पाएका पोखरेल पहिला केन्द्रीय प्रबक्ताको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका थिए ।

उपत्यका प्रमुखको जिम्मेवारी पाएका पोखरेलले उपत्यकाको सुरक्षा प्रमुखको जिम्मेवारी पाएपछि आफुलाई थप जिम्मेवार बनाएको बताए ।

प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेलले आज ७ गते सोमबार देखि उपत्यकाको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

महानगरिय प्रहरी कार्यालय पुगेका उपत्यका प्रमुख पोखरेललाइ काठमाडौ , भक्तपुर र ललितपुर प्रहरी परिसर प्रमुखहरुले स्वागत गरेका थिए ।