
काठमाडौं, भदौ ३० । सरकारले बुधबार (आज) मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ ।
अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो ।
विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ । सरकारले बजेट होलिडेको अवस्थामा खर्च गर्न नपाए पनि विभिन्न क्षेत्रबाट हुने रकम संकलन गर्न भने पाउने छ ।
प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध जारी राखेका कारण विनियोजन विधेयक पारित हुन सकेको छैन । सरकारले असोज ४ गते बस्ने प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्