२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्पेनमा नेपाली दुतावास स्थापना हुने


0
Shares

काठमाडौं, भदौ ३० । नेपालीको रोजगारीको आकर्षणको केन्द्र बन्दै गएको युरोपेली मुलुक पोर्चुगलमा दुतावास स्थापनाका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।

गैर आवासीय नेपाली गंगाबहादुर नेमकुलको नेतृत्वमा पूर्वमन्त्री भिमसेनदास प्रधान, संचारकर्मी सुरेन्द्र तुलाधर, रबिन्द्र हाडा, बिबेक राज श्रेष्ठ, पोर्चुगल बाट हेमन्त बोहरा र हरि दाहालको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादु देउवालाई भेटी दुतावास स्थापनाका लागि आग्रह गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले आर्थिक अवस्था लगायतका कारण तत्काल दूतावास स्थापना गर्न सकिने अवस्था नभएपनि फ्रान्समा रहेको दुतावासबाट काम चलाइने आश्वासन दिनुभयो ।

फ्रान्समा रहेको दूतावास पोर्चुगल र फ्रान्सलाई सहज हुनेगरी तत्काल स्पेनमा सारी सहज बनाउने पनि प्रधानमन्त्री देउवाले आश्वासन दिनुभएको प्रतिनिधिहरुले जानकारी दिएका छन् ।