
काठमाडौं, पुस ७ । नेपाली बालबालिकाहरुमाथि हुने गरेको यौन दुर्व्यवहारको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था भ्वाइस अफ चिल्ड्रेनको पहलमा गरिएको अध्ययन प्रतिवदेनको आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विमोचन गरे ।
सो अवसरमा मन्त्री गुरुङले बालबालिकामाथि हुने यौन शोषण न्युनिकरणका लागि सरकारको तर्फबाट ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
बालबालिको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि उनीहरुको हक हितमा काम गर्ने गरेका छन वा छैनन् भन्ने पनि अनुगमन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल भ्रमण बर्ष २० लाख पर्यटक भित्रर्याउने लक्ष्य रहेकाले नेपाल आउने विदेशी पर्यटकबाट हुन सक्ने विभिन्नखाले दुर्व्यवहार प्रति सजग हुनुपर्नेमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्