
काठमार्डौ, भदौ ३० । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाएर बुझाएका १० जिल्लामध्ये ७ जिल्लाको सूची पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
काठमाडौ, मोरङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया र बाजुराको सूची सार्वजनिक भएसँगै ती जिल्लामा वडा तहको अधिवेशन गर्न बाटो खुलेको छ ।
यस्तै, सदस्यता छानविन समितिले प्रदेश २ का महोत्तरी, पर्सा र धनुषा जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाएको जनाए पनि ती जिल्लाको सूची भने सार्वजनिक गरिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्