७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री


0
Shares

काठमाडौं, भदौ ३० । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।

तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराउनु भएको छ । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।