२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध, सदन चल्न नदिने एमालेको चेतावनी


0
Shares

काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

त्यसअघि संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताउनुभयो ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेशसभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

सूर्य चिह्न लिएर निर्वाचित सांसद अजय शाही र विमलाकुमारी खत्री वलीले पार्टीको विधान, संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेकाले पदमुक्त गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।