१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एमालेभित्रको संघर्षमा समाजवादीसँग दक्षिणपन्थी धार पराजित : रामबहादुर थापा


0
Shares

rambahadur thapa

काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भएको बताउनुभयो ।

नेता थापाले कम्युनिष्ट पार्टीको नेतृत्वलाई षड्यन्त्रपस्र्वक ढंगले मुलुकको सत्ताबाट विस्थापित गरिएको बताउनुभयो ।

उहाँले नेकपा एमाले नेपालको स्वाधीनताको मूल अंग भएकाले नेताहरुले आफ्ना जिम्मेवारीलाई उचाइमा पुर्‍याउन आवश्यक भएकोमा जोड दिनुभयो ।