काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो ।
नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउनका लागि तयार पारिएको १० बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गरिने बताउनुभयो ।
एमालेलाई कानूनी अर्थ र मर्मका आधारमा २०७५ साल जेठ २ गतेको एमाले भएपनि वर्तमान एमाले भनेको एकता पछि बनेको विकसित एमाले नै रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बिहीबारको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताउनुभयो । कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पु¥याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्