
काठमाडौं, भदौ ३१ । परियोजना धितो कर्जालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ ।
कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि महासंघले सम्भाव्यता अध्ययन गरेको हो ।
उक्त अध्ययन प्रतिवेदनमार्फत एवं स्टार्ट अपलाई कुल लगानीको १० प्रतिशत एवं परियोजनाको मूल्याङकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव महासंघको छ ।
परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझाव सहित उक्त प्रतिवेदन महासंघले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पेश गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर महाप्रसाद अधिकारी समक्ष आज पेश गर्नुभयो । एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्