२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेट गरेका मन्त्री कार्कीको विश्वास–संसदको गतिरोध हट्छ, बजेट कार्यान्वयनमा आउँछ

सरकार–प्रमुख प्रतिपक्षी संवादमा, सहमति र सहकार्यबाटै अघि बढ्ने प्रतिवद्धता

0
Shares

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग संवादमा रहनुभएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अबरोध पनि हट्ने र बजेट पनि पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर पुग्नुभएका मन्त्री कार्कीले संवादाताहरुसँग भन्नुभयो, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’

मन्त्री कार्कीले विश्वासका साथ भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन ।’

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग संसदको गतिरोध हटाएर बजेट पारित गर्ने वातावरण बनाउन विपक्षी दलसँग संवाद थालिसकिएको जानकारी उहाँले दिनुभएको हो ।

मन्त्री कार्कीले बिहीबार मात्र नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट पुगेर संवाद गर्नुभएको थियो ।

यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको उहाँले बताउनुभयो । त्यसक्रममा अत्यावश्यकीय अध्यादेश पारित गर्नका लागि विपक्षीको सहयोग मागिएको कार्कीको भनाइ थियो ।

एमालेले लगातार संसदमा अवरोध गर्दा सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा बिहीबारदेखि नै सरकारले खर्च गर्न नपाउने भएको छ ।

सरकार सहमति र सहकार्यका साथ अघि बढ्ने भन्दै उहाँले एमसीसी विकास परियोजना भएकाले राजनीतिकरण नगर्न सबैसँग अपील गर्नुभयो । इतिहासमै पहिलो पटक आएको ठूलो अनुदान फर्केने अवस्था आएमा राम्रो सन्देश नजाने उहाँको भनाइ थियो ।