
काठमाडौं, पुस ८ । उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव सरकराबाट बाहिरिने भएका छन् । समाजवादी पार्टीको मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले सरकार छाड्ने निर्णय गरेपछि यादवले राजिनामा दिने भएका हुन् ।
पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले मन्त्रिपरिषदमा संविधान संशोधनका लागि प्रस्ताव राख्न खोज्दा प्रधानमन्त्री केपी ओलीले ठाडै हकारेकाले पनि सरकार छाड्न लागेको स्रोतले दावी गरेको छ ।
यसअघि मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले यादवसँग सामान्य सोधपुछ पनि नगरी उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा जिम्मेवारी दिएका थिए । स्वास्थ्य राज्यमन्त्रीको त पद नै खोसिएको थियो ।
संविधान संशोधन गर्ने सहमति प्रधानमन्त्रीले गरेकाले यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । समाजवादी पार्टीको तर्फबाट सरकारमा दुई जना मन्त्री छन् । यादवका अतिरिक्त मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।
तर सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव लगेपनि प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरिदिएका थिए । वर्तमान सरकार संविधान संशोधनमा तयार नभएको भन्दै यादवले पदबाट राजिनामा दिन लागेका हुन् ।
यादवले मन्त्रिमण्डलमा पेश गर्न खोजेको प्रस्तावमा भने संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गरिने उल्लेख थियो ।
यस्तो छ यादवले पेश गरेको संविधान संशोधनको प्रस्तावः
नेकपाले तात्कालीन संघीय समाजवादी फोरमसँग दुई बुँदे सहमति गरेर २०७५ जेठमा यादवलाई सरकारमा भित्र्याएको थियो । दुई बुँदे सहमतिमा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने र फोरम सरकारमा सहभागी हुने उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्