
काठमाडौं, पुस ८ । प्रतिनिधसभा अन्तर्गत विकास समितिको बैठक केहिवेर बसेर स्थगित भएको छ ।
सूचना प्रविधिका विषयमा व्यवस्था गर्न बनेको नयाँ विधेयक सम्वन्धी समितिका सदस्यहरुबीच समितिको कार्यालय सिंहदरवारमा केहीवेर छलफल भएको थियो ।
छलफलमा साईवर अपराध नियन्त्रण र जनताले पाउनुपर्ने सूचनाको अधिकारसम्बन्धी नयाँ कानूनले पूर्ण रुपमा समेट्न नसकेको भन्दै समितिका सदस्यहरुले समितिको ध्यानाकर्षण गरेका थिए ।
भाषागत त्रुटी सच्चाउन पनि सदस्यहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्