
काठमाडौं, पुस ८ । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । डा. अधिकारी यस अघि काउन्सिलको सदस्य थिए ।
डा. दिलिप शर्माको गत असोजमा कार्याकाल सकिए पछि दुई महिनादेखि रजिष्ट्रारको पद खाली थियो ।
यस्तै काउन्सिलको रिक्त रहेको सदस्य पदमा डा. हरिहर वस्ती, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाई र किशोर विक्रम मल्ललाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्