
नवलपुर, पुस ८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई अब्बल बनाउनु पर्ने बताएका छन् ।
शिक्षा तथा समन्वय इकाई नवलपुरले कावासेतीमा गरेको शैक्षिक अन्तरक्रियामा उनले अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई सामुदायिक विद्यालय हुने गरी शिक्षक तथा विद्यालय व्यवस्थापनले काम गर्नुपर्ने बताए ।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयको सवलिकरणको दशकका रुपमा घोषणा गरिएको भन्दै शिक्षकहरुले सोही अनुरुपमा शिक्षाको विकास गराउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्