२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा


0
Shares

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ ।

जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

तत्कालिन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा समाहित भएका ८ सय ७२ जनाले क्रियाशील सदस्यता पाउने सहमती भएपनि केन्द्रले ७६ जनाको नाम हटाएको उहाँको भनाइ छ ।

पार्टीमा लामो समयसम्म त्याग र संघर्ष गरेका व्यक्तिलाई छुटाउने कुरा मान्य नहुने उहाँले बताउनु भयो ।

यस्तै सबैलाई समेटेर उत्साहका साथ महाधिवेशन सफल पार्न आफु निरन्तर छलफलमा रहेको जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनु भएको छ ।