
काठमाडों, असोज ३ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
आइतबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ ।
हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्