
काठमाडौं, असोज ३ । सोमबार दिउँसो १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचास प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार आइतबारको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राखेका थिए भने बाँकी स्थायी कमिटी सदस्यले सोमबार बोल्न
ेछन् ।
प्रतिक्रिया दिनुहोस्