१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


१३ जिल्लाको कांग्रेस क्रियाशिल सदस्यता विवादले सबै तहको अधिवेशन प्रभावित हुने आशंका


0
Shares

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसले पछिल्लोपटक बनाएको कार्य तालिका अनुसार वडा अधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ ।

क्रियाशिल सदस्यतामा देखिएको विवादका कारण रोकिएको वडा अधिवेशनको परिमार्जित मिति नजिकिदा पनि अझै १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक भएको छैन् ।

सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ ।

महाधिवेशन कार्यतालिकाअनुसार असोज ५ गते २० जिल्लाका वडामा अधिवेशन हुनुपर्नेछ । तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन ।

१३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलिसकेको जनाएको छ । डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन ।

कांग्रेस स्रोतका अनुसार मुख्य गरी प्रदेश नम्बर २ मा देखिएका विवादका कारण सदस्य सूची सार्वजनिक नभएको हो । कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लामा मात्रै पहिलो चरणमा अधिवेशन सकेको थियो । वडा अधिवेशन ढिलाइ हुँदा गाउँ÷नगर अधिवेशन प्रभावित बन्ने भएको छ ।

यही असोज ९ मा गाउँ÷नगर अधिवेशन तोकिएका छन्। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ÷नगर अधिवेशनका मतदाता हुन्। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं अधिवेशन गर्ने तय गरेको छ। वडा अधिवेशन नै समयमा नहुने भएपछि यो अधिवेशनको तालिका फेरि पनि प्रभावित हुने देखिएको छ ।