
तस्बिर फाइल
स्याङजा, असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभएको छ ।
सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने गरेको नेता पौडेलको भनाई छ ।
नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले नेताको कार्यशैलीले व्यवस्थालाई आघात पुगेको बताउनुभयो ।
संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठनु दुःखद भएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्