२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधान दिवसकै दिन खारेजको माग


0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड समेत भएको थियो ।

वर्तमान संविधान खारेज गर्न माग गर्दै राजावादीहरुले गरेको प्रदर्शनको झल्को हो यो । राजधानीको विभिन्न क्षेत्रबाट माइतीघर मण्डलामा भेला भएका उनीहरुले हालैको ०४७ सालको संविधान लागु भए मुलुकका सम्पूर्ण समस्या समाधान हुने जिकिर गरेका छन् । उनीहरुले सरकारको विरुद्ध ब्यापक नाराबाजी गरेका थिए । प्रदर्शनमा के बालक, के युवा, के ज्येष्ठ नागरिक हरेक उमेर समूहका मानिस बिभिन्न भेषभुषा र बाजागाजा सहित भेला भएका थिए । राजतन्त्रको समर्थनमा नारा लगाउँदै निषेधित क्षेत्र तोडन खोज्दा प्रदर्शनकारी र प्रहरीबीचझडप भएको थियो ।

चारैतिरबाट आएका प्रदर्शनकारीहरुले नयाँबानेश्वर चोक पुगेर संविधान जलाएका थिए । प्रदर्शनकारी तितरवितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।