
मकवानपुर, असोज ४ । मकवानपुरमा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् ।
मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका हुन् ।
आइतबार बकैया गाउँपालिकाको वडा नं ११ मा गाई काटेको खबर प्रहरीले पाएपछि प्रहरीको टोलीले उनीहरुबाट ५० केजी गाईको मासुसहित फेला पारी १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा बकैया ११ कालिदमार बस्ने वर्ष ३८ को जनक बहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रविन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर, च्याउँच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता दासले बताउनुभयो ।
उनीहरु माथी घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्