२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का


0
Shares

बैतडी, असोज ४ । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार अपरान्ह साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४.२ म्याग्नेच्युडको भूकम्पको केन्द्रबिन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको जानकारी दिनुभयो ।

भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

यसअघि गत भदौ २६ गतेपनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।