२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सभामुख सापकोटा माओवादीको इशारामा चले : गोकुल बास्कोटा


0
Shares

पोखरा, असोज ५ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको इशारामा चलेको आरोप लगाउनुभएको छ ।

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाउनुभयो ।

उहाँले अध्यक्ष दाहालले भनेकै कारण एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको गुनासो गर्नुभयो । सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसदअवरुद्ध गरेको बास्कोटाको तर्क छ । उहाँले सभामुख सापकोटाले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने चेतावनी दिनुभयो ।