२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पहिरोमा परि आमा र दुई छोरीको मृत्यु


0
Shares

रोल्पा, असोज ६ । रोल्पामा पहिरोसँगै खसेको ढुंगाले किचेर आमा–छोरीको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ढुंगाले किचेर मृत्यु भएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगा लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढुंगा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो । यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको पनि मृत्यु भएको छ ।