
जनकपुर, असोज ६ । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागीका लागि ७ सय ५० रुपैयाँ बराबरको खाना खर्चको व्यवस्था गरेको छ ।
सरकारले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाएर खर्च गर्ने शिर्षक र रकम तोकेको हो । यस्तै खाजाकालागि २ सय ५० रुपैयाँ खर्च गर्न सकीने छ । एक वर्षअघि बनाइएको कार्यविधिमा प्रदेशस्तरीय कार्यक्रमको खर्च तोकिएको हो ।
सभाहलभित्र मञ्च व्यवस्थापनका लागि ५० हजार रुपैयाँ खर्च गर्न सकिने छ । खुल्ला चौरमा कार्यक्रमको आयोजना गरिए २ लाखसम्म खर्च गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।
शुभकामना आदानप्रदानको लागि रात्रिकालीन खाना र चियापानका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च गर्न सकीने छ ।
विभिन्न उत्सवमा स्थानीय संस्कृति र पेशासँग सम्बन्धित झाँकी, नृत्य प्रस्तुत गर्ने प्रतिटोलीलाई २० हजार रुपैयाँ दिइनेछ । प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रदेश २ सरकारले कार्यविधि बनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्