१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण


0
Shares

काठमाडौं, असोज ६ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ ।

यसअघि ५.१ प्रतिशत बृद्धिदर हुने अनुमान गरेकोे एडीबीले कोरोनाका कारण थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्कदै गए पनि पर्यटन र सेवा क्षेत्रमा महामारीको असर अझै बाँकी रहेको भन्दै प्रक्षेपण संसोधन गरेको हो ।

स्वास्थ्य क्षेत्र, रोजगारी सिर्जना र सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयनमा देखिएको जटिलताले अर्थतन्त्रको वृद्धिदर खुम्चिएको एडीबीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको र चालु आर्थिक वर्षका लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको एडीबीले जनाएको छ ।

‘एसियन डेभलपमेन्ट आउटलुक’ ले यसअघि सार्वजनिक गरेको नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।