२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार : पुष्पकमल दाहाल


0
Shares

काठमाडौं, असोज ६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म सकिने बताउनुभयो ।

मन्त्रालयका विषयमा गठबन्धनको बैठक बसेर छलफल हुने र मन्त्रिपरिषद् विस्तार हुने उहाँको भनाई छ । राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने उहाँको भनाई छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेशका कारण गठबन्धनले सरकार विस्तार गर्न सकेको थिएन। एकीकृत समाजवादी पार्टी र जनता समाजवादीले अध्यादेशलाई देखाउँदै सरकारमा सहभागी भएका छैनन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहनु भएको थियो ।