१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुबाट भारत लैजादै गरेको ६ ट्रक मटर बरामत


0
Shares

कपिलवस्तु, असोज ७ । नेपालबाट तस्कर गरि भारत लैजादै गरेको ६ ट्रक मटर कपिलवस्तुमा बरामत भएको छ ।

कपिलवस्तुबाट ६ वटा भारतीय ट्रकमा लोड गरि भारत लैजादै गरेको ठूलो परिमाणको मटर प्रहरीले सीमा क्षेत्रबाटै बरामत गरेको हो ।

बुधबार राती १० बजे नेपालमा खाद्यान्न लिएर छिरेका ६ वटा भारतीय ट्रक फर्कने क्रममा त्यसमा लोड गरिएको २ सय २५ क्वीन्टल मटर विशेष सुराकीको आधारमा बरामत गरेको हो ।

प्रहरीले कृष्णनगर भन्सार क्रस गरि लिंकगेटमा रहेका सुरक्षाकर्मीहरुले भारतीय गाडी खानतलाशी गर्दा त्रिपालले छोपर राखेको मटर भेटिएको थियो । ६ वटा भारतीय ट्रकका चालकहरु सवारी छाडेर भागेका थिए ।

शशस्त्र प्रहरी उपरिक्षक धु्रव कार्कीले यूपी ३५ टी२४५३, यूपी ५३ टी ३६५८, यूपी७१ टी ११८४,यूपी ५५ टी १२५४, यूपी ५५टी ०९६६, यूपी ७८ एटी ८८२५ नम्बरको ट्रक मटर सहित नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले ६ वटै भारतीय ट्रकमा १५० थान बोराको दरले मटर राखिएको बताउनुभयो । विगत केहि दिन देखि भारत जाने खाद्यान्न बोकेका मालवाहक ट्रकमा मटर तस्करी भई भारत जाने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दै गर्दा पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

वरामत मटरको मूल्य २७ लाख रहेकोे छ ।