१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो


0
Shares

काठमाडौं, असोज ७ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाउनुभएको छ ।

प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभाबाट बिहीबारको बैठकले पारित गरेपछि प्रमाणीकरणको लागि पठाएको छ ।

राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनमा आउनेछ ।