
डडेल्धुरा, असोज ७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन ।
धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनशन शुरु गरेका हुन् ।
वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराइए पनि पनि कुनै सुनुवाई नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले जानकारी दिनुभयो ।
अनसनमा बसेकाहरुले हटाईएका क्रियासिल सदस्यको सदस्यता कायम गर्न तथा अबैधानिक ढंगले थपिएका सदस्यता खारेज गर्न माग गरेका छन् ।
यसअघि गराइएको अधिवेशनलाई मान्यता नदिन केन्द्रीय समिति र निर्वाचन समिति दुवै निकायलाई लिखित जानकारी गराए पनि अहिलेसम्म कुनै जवाफ नआएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्